तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् राशिफल


 


वि.सं.२०७८ साल भदौ २३ गते । बुधवार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–द्वितीया, रातको ०४ बजेर ०३ मिनेट उप्रान्त तृतीया । नक्षत्र–उत्तराफाल्गुनी, बेलुकी ०६ बजेर ०७ मिनेट उप्रान्त हस्त । योग–शुभ, रातको ०२ बजेर ५३ मिनेट उप्रान्त शुक्ल । करण– बालव, बेलुकी ०४ बजेर ४७ मिनेट उप्रान्त कौलव, रातको ०४ बजेर ०३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १५ मिनेट । दिनमान ३१ घडी १३ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । लामो समयदेखी रोकिएर बसेका कामहरु बन्नाले मन उत्साहित हुनेछ । सत्रु परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउनेछ । स्रोत साधन जुटाउदै व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा आजको दिन मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ । मन परेको मानिससँग मनमुटाब बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा लगानी गर्नको लागी केही समय पर्खनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । अरुको भर पर्नाले अवसर गुम्नेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीतिज्ञ तथा समाजसेवीका लागी समय मध्ययम रहेपनि कृषक तथा जागिर गर्नेहरुका लागी समय उत्तम रहेकोछ । घरजग्गा तथा सवारी साधन सम्वन्धी विवादमा सामेल नहुनुहोला । अध्ययनमा मन नजादा अरुनै हावी हुनेछन् । स्वास्थ्यमा समस्या आउनाले दैनिक काम प्रभावित हुनेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय तथा भाग्यले साथ दिने हुँदा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । पराक्रमी तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सुचना प्रविधीको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाई तथा आफन्तको सहयोग पाईनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बोल्ने कुरामा ध्यान नजादा आलोचनाको शिकार होईनेछ । कार्यक्षेत्रमा कुरा काट्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । खानपानमा ध्यान दिनुहोला समय मध्यमय रहेकोछ । कुटुम्ब तथा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ । व्यापारमा मन्दी आउनेछ । प्रेममा अविस्वास सिर्जना हुनेछ । तरपनि गित संगितको क्षेत्रमा लाग्नेहरुका लागी समयले साथ दिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफ्नो दैनिक काम समयमा सम्पादन गरी वचेको समय समाजसेवामा खर्चन पाईने हुनाले मान सम्मान पाईनेछ । ईच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोग पाईनेछ । पढाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा साथी भाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आषा देखाउनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधी उपचार खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । तरपनि लामो दुरिको यात्रा हुने तथा विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) कार्यक्षेत्रमा तपाईँको कामको उचित मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात लागी हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) उच्च तथा विशिष्ट व्याक्तित्वसँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईनाले पद प्राप्तीको योग रहेकोछ । अध्ययनमा प्रतिस्पर्धी हरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयमा काम सम्पादन नहुँदा निरासा छाउनेछ । वन्द व्यापारमा मन्दी आउने तथा आर्थिक संकटको सामाना गर्नु पर्नेछ । कष्टकर यात्रा नहोला भन्न सकिन्न । सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । आफन्त तथा घर परिवारका मानिससँग मनमुटाव सिर्जना हुने योग रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) गोपनियता तथा गोप्यकुराहरु बाहिरिनाले समस्या पर्न सक्छ ध्यान दिनुहोला । कामका बाधा अवरोधको सामना गर्दै अगाडी बढ्नु पर्ने बाध्यता आउनेछ । समय अनुशार नचल्नाले अरुभन्दा पछी परिनेछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाव बढ्ने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेममा अविश्वास बढ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथि भेटिनेछ । व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने भौतिक सम्पती तथा विलाशी वस्तु उपाहारको रुपमा प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने लामो दुरिको यात्रा हुनेछ । परिवारका साथ रमाईलो जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

प्रकाशित मिति: २३ भाद्र २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्