हेर्नुहोस् आजको राशिफल


 


वि.सं.२०७८ साल असोज ०३ गते । आईतवार । ईश्वी सन् २०२१ सेप्टेम्बर १९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–चतुर्दशी, ,रातको ०५ बजेर ०७ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र– शतभिषा,रातको ०४ बजेर १८ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग– धृति, बेलुकी ०६ बजेर ३६ मिनेट उप्रान्त शूल । करण– गर, बेलुकी ०५ बजेर २४ मिनेट उप्रान्त वणिज, रातको ०५ बजेर ०७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०२ मिनेट । दिनमान ३० घडी २८ पला । पञ्चक, संविधान दिवस, अनन्त चतुर्दशीव्रत, कुमारी इन्द्रजात्रा, स्वाँछाय,लड्कु ढँडार मष्ट्रोपूजा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम गर्ने थुप्रै बाटाहरु भेटिनेछन् भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । सिमित साधन स्रोतको परिचालन गरी असिमित आवस्यक्ताहरु परिपुर्ति गर्न सकिनछ । माया प्रेमको डोरो कसिलो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । पैत्रिक धन तथा सम्पतीको प्रयोग गर काम गर्न सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरीने कामबाट मनग्गे फाईदा हुनेछ । कृर्तिमानि काम गरी नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेकोछ । व्यापारबाट मनग्गे लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) भाग्य तथा धर्म भावमा गोचर गर्ने चन्द्रमाले सानो प्रयत्नले राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । पढाइ लेखाइको लागी समय उत्तम रहेकोछ भने खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्वन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धार्मिक यात्रा हुने प्रवल सम्भावना रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरुले पनि सहयोग गर्ने छैनन् । अल्छि गर्ने बानिले काम बाकी रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनु नै राम्रो हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भौतिक सम्पती तथा विलाशी वस्तुको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । व्यावसायकै शिलशिलामा यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति हात पार्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कार्यक्षेत्रमा केही विषयमा विवाद भएपनि तपाईँको भनाई तथा रायलाई स्वीकार्दै जाने सहमती जुट्नेछ । न्यायिक निर्णयहरु तपाईँको पक्षमा आउनेछ । आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइ सफलताकै मार्गमा अगाडी बढ्नेछ । प्रयन्न गर्दा राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ । तपाईंको खुट्टा तान्ने तथ कुरा काट्नेहरु तपाईंकै प्रशङसा गर्दै हिड्नेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) शिक्षा तथा शिक्षा क्षेत्रसँग सम्वन्धीत व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । बैंक तथा बित्तिय क्षेत्रमा काम पाउने तथा बढुवा हुने योग रहेकोछ । पढाइ लेखाइमा मन जानेछ भने अध्ययन कै शिलशिलामा यात्रा हुने योग रहेकोछ । प्रेम गर्ने जोडीहरुका लागी समय उत्तम रहेकोछ भने भौतीक सम्पती तथा विलाशी बस्तु उपाहारको रुपमा प्राप्त हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोला केहि समय पर्खनु नै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनीति तथा समाजसेवी हरुका लागी समय मध्ययम रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आट शाहस तथा पराक्रममा बृद्धि भएर जाने हुनाले पुरुशार्थि काम गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । उद्योग तथा उत्पादन मुलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । लेखन,कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागी समय फलदायी रहेकोछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पारिवारिक माहोलमा समय बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । घरायसी व्यापारमा समय व्यातित हुने तथा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बको सहयोग पाईनाले कामहरु तिव्र गतिमा अगाडी बढाउन सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) मिष्ठान्न भोजन,उत्तम वस्त्र तथा उपाहार हात लाग्ने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा नयाँ नयाँ आम्दानीका स्रोतहरु फेला पर्नेछन् । बोलिको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईँको कामदेखेर सबैजना प्रशन्न हुनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्नी बीच एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछी परिनेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । तापनि लामो दुरिको बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागी समयले साथ दिनेछ ।

प्रकाशित मिति: ३ आश्विन २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्