हेर्नुहोस् आजको राशिफल


 


मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना विवादहरु साम्य हुनेछन् भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछन् । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै उत्कृष्ट नतिजा तपाईँको हातमा पर्नेछ । माया प्रेमका कोपिलाहरु फक्रनेछन् भने पति पत्नीको सहयोगले उपलव्धीमुलक कामहरु गर्न सकिनेछ । ऋण,रोग तथा संकटको सामना गर्ने शक्ती जुटाउन सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय र कामको तालमेल नमिल्दा योजनाहरु थाती रहनेछ । बौद्धिक क्रिर्याकलापमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्ला । अध्ययनमा बाधा हुने तथा अरुका लागी समय खर्चनु पर्नेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । व्यापारमा भनेजस्तो आम्दानी नहुनाले लगानीको वातावरण टरेर जानेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोला केहि समय पर्खनु नै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । बिहानको समय राम्रो रहेकोले न्यायिक निर्णयहरु तपाईँको पक्षमा फैसला हुनेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राम्रा तथा परिणामूखि काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । पराक्रमी क्रिर्याकलापमा भाग लिई पुरुषार्थी काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्ययमबाट सस्कार परिवर्तन गर्न तपाईँको भूमिका महत्वपूर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ । भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ । प्रेममा नजिक हुन सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रयन्न गर्दा आम्दानीका स्रोतहरु वढाउन सकिनेछ । बोलिको प्रभाव घट्न सक्छ ध्यान दिनुहोला । परिवारका साथ बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आएपनि स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ । कार्यक्षेत्रमा राम्रा काम गरी सम्मानित हुने योग रहेकोछ । पढाइ लेखाइमा अलि बढि ध्यान दिदा उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । बिहानको समय राम्रो रहेकोले न्यायिक निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछन् । छोटो दुरिको यात्राको योेग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा शुभचिन्तकको साथ तथा समर्थन पाईने हुनाले मन प्रशन्न हुनेछ । लगनशिल तथा ईमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । बिभिन्न अवसर आउने तथा ति अवसरहरुको सदुपयोग गर्दै परिणाममूखी काम गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय राम्रो रहेकोले नोकरी तथा कार्यक्षेत्रमा तपाईँको प्रस्तुती गहन हुनेछ । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृड हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । तापनि लामो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्वन्धीत व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहेनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेकोछ । व्यावसायमा लगानी वढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पतीको प्रयोग गरी आए बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कार्यक्षेत्रमा केही कमी कमजोरी बाहिरीनाले ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाइ लेखाइमा आफ्नै कमजोरिले नतिजा अरुतिरै जानेछ । सरकारी तथा प्रशासनिक काममा ढिला सुस्तिको कारणले अन्य काम प्रभावित हुनेछन् । व्यापारमा मन्दी आउनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा प्रतिस्पर्धी हरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा सहपाठीहरुबाट सुनिने शुभ समाचारले उत्साह जगाउनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले भौतिक सम्पती तथा विलाशी वस्तुका प्रयोग गर्दा ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्तसँग रमाईलो यात्रा हुनेछ भने यात्राका क्रममा भरपुर मनोरञ्जन लिन सकिनेछ । एकल तथा साझेदारि व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ ।

प्रकाशित मिति: १९ आश्विन २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्