आजको राशिफल : कस्तो छ तपाईंको भाग्यफल ?


 


वि.सं.२०७८ साल असोज २१ गते । बिहीवार । ईश्वी सन् २०२१ अक्टोबर ०७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि– प्रतिपदा, दिउसो ०३ बजेर २९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– चित्रा, रातको १२ बजेर १० मिनेट उप्रान्त स्वाती । योग– ऐन्द्र, बिहान ०८ बजेर १५ मिनेट उप्रान्त वैधृती । करण– बव, दिउसो ०३ बजेर २९ मिनेट उप्रान्त बालव, रातको ०२ बजेर ३१ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–चर योग । चन्द्रराशि–कन्या,दिउसो १२ बजेर ४५ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४१ मिनेट । दिनमान २९ घडी १५ पला । चन्द्रोदय,मातामहश्राद्ध,नवरात्रारम्भ, घटस्थापना।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार भावमा गोचर गर्ने चन्द्रमाले फेन्सी तथा विलाशी वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानी बढाउन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । साथि संगि तथा ईष्ट मित्रबाट उपाहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरुलाई पछी पार्दै नतिजा आफुतिर ल्याउन सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । लामो समयदेखी रोकिएर बसेका कामहरु बन्नाले मन उत्साहित हुनेछ । सत्रु परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउनेछ । बिहानको समय मध्ययम रहेकोले यात्रा गर्दा र भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा आजको दिन मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ । मन परेको मानिससँग मनमुटाब बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा लगानी गर्नको लागी केही समय पर्खनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । अरुको भर पर्नाले अवसर गुम्नेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले कृषि,पशुपालन तथा सहकारीजस्ता क्षेत्रको व्यावसाय फस्टाएर जाने हुनाले आम्दानी बढाउन सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा प्राप्त गर्न सकिनेछ । मध्यान्हबाट राज्यको मेकानिजम् भित्र बसेर का गर्नेहरुका लागी समय मध्ययम रहेकोले आलोचना हुनेछ । माया प्रेममा मनमुटाब बढ्नेछ भने आफन्त तथा घर परिवारसँग टाडा हुने समय रहेकोछ । घर जग्गा तथा सवारी साधनको कारोबाट गर्दा ध्यान दिनुहोला ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय मध्ययम रहेकोले पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट असजिलो परिस्थितीमा साथ दिनेहरु कमै भेटिनेछन् । कुनै पनि काम गर्दा नियम संगत गर्नुहोला,बलजफ्ती गर्दा समस्या आउन सक्छ । बन्धुबान्धबहरु सँग मनमुटाव बढ्ने तथा छिमेकीहरुसँग विवाद हुने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकोले आफ्नो बिचारले धेरैको मन आकर्षित गर्न सकिनेछ । समाजमा प्रशंसकहरु बढ्नेछन् भने मेहनेतले सम्मानित स्थान दिलाउँनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु सुचारु हुने तथा सहयोगी,आफन्तले साथ दिनेछन् । पारिवारिक माहोलमा समय बित्ने हुँदा मन खुसि हुनेछ । साझपख समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । आट गर्न नसक्दा हातमै आईसकेको काम अरुकै पोल्टोमा पर्नेछ । सानो कामलाई पनि प्रशस्त समय लाग्ने योग रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समयमा लामो दुरिको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी समय राम्रो रहेकोछ । मध्यान्हबाट राजनीति तथा समाजसेवामा भनेजस्तो समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेकोछ । खोजीमुलक क्षेत्रमा रुची बढ्ने तथा अध्ययनमा मन जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले व्यापारमा समय लगानी गर्नेहरुका लागी समय राम्रो रहेकोछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट पढाइ लेखाइमा मन नजादा भनेजस्तो नतिजा हात पर्न सकिनेछैन । काम गर्दा वा सवारी चलाउदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रेममा सामिप्यता बढेर जानेछ । पैत्रिक सम्पतीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । बित्तिय क्षेत्रसँग सम्वन्धीत कामबाट भनेजस्तो आम्दानी हुनेछ । सिमित स्रोत साधनको प्रयोग गरी असिमित आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । ईच्छाईएका वस्तु प्राप्त हुनाले मन प्रशन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) उच्च तथा विशिष्ट व्याक्तित्वसँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईनाले पद प्राप्तीको योग रहेकोछ । अध्ययनमा प्रतिस्पर्धी हरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) शिक्षामा अली वढी समय लगानी गर्दामात्र नतिजा हात पार्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा भएपनि बाटोमा दुःख हुन सक्छ । व्यापार व्यावसायमा प्रशस्त समय दिएमात्र आम्दानी हुनेछ । घर परिवार तथा आफन्तको विश्वास गर्दा धोका पाईनेछ । माया प्रेममा विस्वासघात हुने सम्भावना रहेकोछ ध्यान दिनुहोला । स्वास्थ्य सम्वन्धी समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले गोप्य रिपोर्टहरु बाहिर आउने तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका तथा मनमुटाब सिर्जना हुने योग रहेकोछ ।

प्रकाशित मिति: २१ आश्विन २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्