विश्वमा आजः मलला युसफजाइको हत्या प्रयासदेखि बेलायतबाट युगान्डा स्वतन्त्र


 


असोज २४
आज अक्टोबर १० । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण विश्व घटनाः

पाक किशोरी मलला युसफजाइको हत्या प्रयास
सन् २०१२ मा पाकिस्तानका तालिवानले शिक्षा अभियन्ता मलला युसफजाईको हत्या प्रयास गरेका थिए । विद्यालयबाट घर फर्किने क्रममा तालिवानले उनीमाथि गोली हानेका थिए । गम्भिर घाइते बनेकी उनको लामो समय वेलायतमा उपचार भएको थियो । सन् २०१४ मा १७ वर्षको उमेरमा उनले नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी थिइन् ।

खमेर गणतन्त्र स्थापना
सन् १९७० मा खमेर गणतन्त्र स्थापना भएको थियो । जनरल लन नोल र राजकुमार सिसोवाथ सिरिक मातकको नेतृत्वमा खमेर गणतन्त्र स्थापना भएको थियो । यसअघि राजकुमार नरोद्दोमको सत्तापलटमा पनि यी दुई नेताले नेतृत्व गरेका थिए ।

वेलायतबाट युगान्डा स्वतन्त्र
सन् १९६२ मा युगान्डाले वेलायतबाट स्वतन्त्र पाएको थियो । युगान्डा सन् १८९४ देखि वेलायतको अधिनमा थियो । स्वतन्त्र युगान्डका पहिलो प्रधानमन्त्री मिल्टन ओबोटे हुन् ।

युनिर्भसल पोस्टल युनियनको स्थापना
सन् १८७४ मा राष्ट्रसंघको विशेष निकायको रूपमा युनिर्भसल पोस्टल युनियनको स्थापना भएको थियो । २२ देशले ट्रिटी अफ वर्नमा हस्ताक्षर गरेपछि युनियन स्थापना गर्ने बाटो खुलेको थियो ।

प्रकाशित मिति: २४ आश्विन २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्