म्यानमारका सेना प्रमुखद्वारा साढे पाँच हजार बन्दी रिहा गर्ने घोषणा



एजेन्सी, कार्तिक २
म्यानमारको सैन्य सरकारले साढे पाँच हजारभन्दा बढी मानिसलाई रिहा गर्ने घोषणा गरेको छ । सरकारले अक्टोबर महिनाको अन्त्यतिर पर्ने बौद्ध पर्वको अवसरमा उनीहरुलाई रिहा गर्ने घोषणा गरेको हो ।

फ्रेब्रुअरीमा जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि हजारौं व्यक्ति पक्राउ परेका थिए । सरकारको बिरोधमा प्रदर्शनमा उत्रिएका व्यक्तिमाथि सेनाको कारबाहीमा सयौंको मृत्यु भइसकेको छ ।

जनवरीमा निर्वाचित सरकारलाई कु गरी सेनाले सत्ता हातमा लिएपछि भएको दमनमा कम्तीमा १२ सय जनाको मृत्यु भएको र साढे सात हजार पक्राउ परेका मानवअधिकारबादी समूहले जनाएका छन् ।

सैन्य नेता जनरल मिन ओङले ५ हजार ६ सय ३६ बन्दी रिहा गरिने बताए । बर्मामा जारी राजनीतिक संकट अन्त्य गर्न पर्याप्त कदम नचालेको भन्दै अन्तर्राष्ट्रिय समुदायले सरकारको आलोचना गरिरहेका बेला सरकारले केही बन्दी रिहा गर्ने घोषणा गरेको हो ।

केही दिनअघि मात्र दक्षिण पूर्वी एशियाली देशहरूको सङ्गठन (आसियान)ले आगामी साता हुन लागेको सम्मेलनमा जनरल मिनलाई बहिस्कार गर्ने निर्णय गरेको थियो ।

एउटा टेलिभिजन सम्बोधनमा सेना प्रमुखले सैन्य नेताहरू शान्ति र प्रजातन्त्रका निम्ति प्रतिबद्ध भएको दाबी गरे । प्रजातन्त्र पुर्नस्थापना गर्न सरकारले पाँच चरणको योजना ल्याउने उनले बताए ।

म्यानमारमा बर्षैंदेखि अशान्ति छ । त्यहाँका अल्पसंंख्यक मुस्लिम रोहिंज्याँ र बौद्ध धर्मालम्बीबीचको द्वन्द्वकाको चपेटामा सर्वसाधारण परेका छन् । सेनाको दमनका कारण लाखौ मुस्लिम रोहिंज्याँ बंगलादेशमा विस्थापित छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News