लिंगको आकार कत्रो हुनुपर्छ ?


 


लिंगको आकारलाई लिएर तड्पिनेहरू कम छैनन् । पोर्न फिल्म हेर्नेहरू फिल्मको क्यारेक्टरको जत्रै लिंग भइदियोस् भन्ने कल्पना गर्छन् ।

लिंगको साइजले पार्टनरलाई सन्तुष्टि दिने सन्दर्भमा असर गर्छ भनी सोच्नु सर्वथा गलत हो ।

यौन सम्पर्कलाई आनन्ददायी बनाउन लिंगको साइजको कुनै भूमिका हुँदैन । पार्टनर, परिवेश, फोरप्लेलगायत पक्षमा ध्यान दिन सके यौन पार्टनरलाई पूर्ण सन्तुष्टि दिन सकिन्छ ।

पार्टनरलाई चरर्मोत्कर्षमा पुर्‍याउन ग्ल्यान्स छालाले ढाकेको लिंगको माथिल्लो भाग नै पर्याप्त हुन्छ ।

डा. विनय वैद्यका अनुसार उत्तेजनामा आएको बेला तीन इन्च लम्बाइ हुने लिंग भएकाहरू सेक्समा शतप्रतिशत समर्थ हुन्छन् ।

लिंग सानो हुँदा आनन्द आउँदैन भन्नु सानो जिब्रोले खानाको स्वाद थाहा पाउँदैन भन्नुजस्तै हो । लिंगको साइजलाई लिएर अनावश्यक चिन्ता गर्नु व्यर्थ छ ।

प्रकाशित मिति: १४ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्