भारतद्वारा अग्नि-५ मिसाइलको सफल परीक्षण, ५ हजार किलोमिटर टाढा क्षेप्यास्त्र हान्न सक्ने


 


एजेन्सी, कार्तिक ११
भारतले आफ्नो सेनाको शक्ति झनै बढेको दाबी गरेको छ ।

जमिनबाट सतहमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल अग्नि–५ को बुधबार सफल परीक्षण गरिएको छ । यो मिसाइल एपीजे अब्दुल कलाम टापुबाट प्रक्षेपण गरिएको थियो।

यो क्षेप्यास्त्रको दायरा ५ हजार किलोमिटर रहेको बताइएको छ । बुधबार साँझ ७ः५० बजे यो मिसाइल प्रक्षेपण गरिएको जानकारी दिइएको छ ।

सरकारले पहिले हतियार प्रयोग नगर्ने आफ्नो नीति नै रहने स्पष्ट पारेको छ ।

यस्तो अवस्थामा भारतले आफ्नो शक्ति बढाउनमा मात्रै पूरा जोड दिएको भारतीय संचारमाध्यमले दाबी गरेका छन् ।

अग्नि ५ को प्रवेशसँगै भारतको सैन्य शक्ति निकै बढेको बताइएको छ । चीनदेखि पाकिस्तानसम्म सबै बेचैन छन् ।

यो मिसाइलको वास्तविक दायरालाई लिएर पनि दुवै देशमा बहस चलिरहेको छ ।

प्रकाशित मिति: ११ कार्तिक २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्