क्यानडाले विकासन्मुख देशलाई २० करोड डोज खोप दिने



एजेन्सी, कार्तिक १४
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाले विकासन्मुख देशलाई २० करोड डोज खोप अनुदान दिने घोषणा गरेका थिए ।

कोभ्यास सहयोगअन्तर्गत क्यानडाले सन् २०२२ सम्म सो परिमाणमा खोप दिने प्रधानमन्त्री ट्रुडोले बताएका हुन् ।

प्रतिबद्धता जनाइएको खोप परिमाणमध्ये मोडेर्नाको १ करोड डोज तत्काल उपलब्ध गराउने उनले बताए ।

क्यानडाले दक्षिण अफ्रिकामा खोप उत्पादन बृद्धिमा सहयोग गर्न १ करोड ५० लाख डलर सहयोगसमेत प्रदान गर्ने भएको छ । अफ्रिकामा अझै पनि आधाभन्दा बढी जनसंख्याले खोप लगाउन पाएको छैन् ।

अगस्टमा अमेरिकी कम्पनी मोडेर्नाले देश बाहिर पहिलो पटक क्यानडामा खोप बनाउन सुरु गर्ने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News