८ वर्षको सम्बन्धमा प्रेमीले एक पटक पनि प्रपोज नगर्दा युवती पुगिन् अदालत



एजेन्सी, कार्तिक १५
एक युवती ८ वर्षसम्म सम्बन्धमा रहँदा पनि प्रेमीले एकपटक पनि प्रपोज नगरेपछि यति आक्रोशित भइन् कि उनले आफ्नो पार्टनरविरुद्ध मुद्दा हालिन् ।

२६ वर्षीय गर्ट्रुड न्गोमा र २८ वर्षीय हर्बर्ट सलालिकी करिब एक दशकदेखि एकअर्कालाई डेट गरिरहेका थिए। दुवैको एउटा सन्तान पनि थियो । यद्यपि, यस समयमा बच्चाको पालनपोषणको क्रममा हर्बर्टले प्रस्ताव गरेको वाचाहरू पूरा नगरेपछि उनीहरूको सम्बन्ध बिग्रियो।

निराश महिला, गर्ट्रुडले आफ्नो प्रेमीको प्रतिबद्धता घटेपछि र जिम्मेवारीको बोझ बढेपछि आफ्नो प्रेमीलाई अदालतमा लैजाने निर्णय गर्छिन्। युवतीले आफ्नो समय खेर फालेको भन्दै प्रेमीविरुद्ध मुद्दा हालिन् । र, आफूले पर्खिरहेको तर प्रेमीले खुसी पार्न नसकेको गुनासो गरिन् ।

युवतीले जाम्बियाको परम्परा अनुसार आफ्नो प्रेमीलाई दाइजो पनि दिएको तर प्रेमीले उनको लागि इन्गेजमेन्ट औँठी समेत नकिनेको आरोप लगाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News