बलात्कारपछि अढाई वर्षीया बालिकाको हत्या



एजेन्सी, कार्तिक २४
गुजरातको सुरत शहरमा दिवालीको रातमा बेपत्ता साढे २ वर्षीया बच्चीको हत्या गरी फालिएको शव प्रहरीले बरामद गरेको छ। पोष्टमार्टम रिपोर्टमा बच्चीको बलात्कार भएको र अप्राकृतिक यौनसम्पर्क गरेपछि मुख धुनेर मारिएको खुलासा भएको छ।

निदोर्ष बच्चीलाई बलात्कार गरी दर्दनाक हत्या गर्ने एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। सुरत शहरको पाण्डेसरा थाना क्षेत्रमा आउने बडौद इलाकामा दीवालीको रात अढाई वर्षीया बच्ची बेपत्ता भएकी थिइन्। त्यसपछि परिवारजनले खोजी शुरु गरेको थियो।

खोजी गर्दा पनि नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो। ४ तारिखमा हराएकी बालिकाको खोजीमा प्रहरी पनि जुटेको थियो। ७ तारिखमा बच्चीको शव उनको करिब नजिकै खुला मैदानको झाडीमा भेटिएको थियो। शवको पोष्टमार्टम सिविल अस्पतालमा गरिएको थियो।

रिपार्टेमा बच्चीको मुख धुनिएका कारण मृत्यु भएको उल्लेख गरिएको छ। मुखको वरिपरी र नाकमा चोटको निशान भेटिएको छ। उनको बलात्कार गरिएको र अप्राकृतिक सेक्ससमेत गरेको पाइएको छ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले गुड्डुमुमार यादवलाई पक्राउ गरेको छ। उनी बिहार बस्दै आएका थिए। गुड्डुको परिवार बच्चीको छिमेकमा बस्दै आएका थिए। बच्चीलाई अपहरण गरिएको भिडियो सिसिक्यामेरामा पनि दृेखिएको थियो। प्रहरीले त्यसैको आधारमा गुड्डुलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News