सडक दुर्घटनामा परी पाेर्चुगलमा दुर्इ नेपालीकाे मृत्यु



porchugal-nepaliपोर्चुगल, कार्तिक १४

पाेर्चुगलमा सडक दुर्घटनामा परी दुर्इ नेपालीकाे ज्यान गएकाे छ ।  बिहीबार राति भएको कार दुर्घटनमा परी नवलपरासी गैंडाकोट नगरपालिका-१६, अमरापुरीका अनिल थापा र बागलुङ रिघा गाबिस-३, ठुलोरिघाका सन्तोष सापकोटाको घटनास्थलमा मृत्यु भएको थियो।

शनिबार एनआरएन पोर्चुगलका अध्यक्ष भिम कमल केसीको अध्यक्षतामा भएको बिशेष बैठकले सबै नेपालीहरुबाट आर्थिक संकलन गरी शव नेपाल पुर्याउने निर्णय गरेको हो। अहिले उनीहरूकाे शव बेजा अस्पतालमा छ ।

नेपालि कन्सुलरको सहयोगमा एनआरएनले शव बुझ्ने प्रक्रिया शुरु गरिसकेको छ। पाकिस्तानी चालकले चलाएको कार प्रहरीले रोक्न खोज्दा नरोकी झन् तिब्र गतिमा अघि बढेर दुर्घटना भएकाे बुझिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News