तिहारमा झिलिमिलि भाेजपुर


 


Tihar Bhojpurभाेजपुर, कार्तिक १५

तिहारमा भोजपुर सदरमुकाम झिलिमिलि भएको छ । नेपालीहरुको दोस्रो महान् चाड तिहारमा सदरमुकाम झिलिमिलि देखिन थालेको हो । दशै मनाउन सर्वसाधारण जिल्ला बाहिर गएपछी सुनसान भएको सदरमुकाम तिहारमा भने अधिकाँस सर्वसाधारणको उपस्थितीले रौनकता छाएको छ ।

काग तिहारको दिन देखीनै भोजपुर बजार र केही ग्रामिण बस्ती बत्तीले झिलिमिली भएपछी तिहारको माहोल बढेको हो । जिल्लाका धैरैजसो ठाउँहरुमा भने बिद्युत बिस्तारका लागी पोल गाडेर तार टाँगीसकेको भएपनी बिद्युत बाल्न नसक्दा यसपालीको तिहार पनि अध्यारोमै बित्ने स्थानियले बताएका छन् ।

प्रकाशित मिति: १५ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्