हाेसियार ! सेलराेटी खाएपछि यसकारण भात नखानुस्



selrotiतिहार भनेपछि सबैको मनमा सेलरोटीको तस्बिर अाइहाल्छ । तिहारमा अधिका मात्रामा सेलराेटी खाने र पकाउँने गरिन्छ ।

यमपञ्चकका पाँच दिनमा सेलरोटी खाने नेपाली परम्परा नै रहँदै अाएकाे छ। तर धेरै चिल्ला सेलरोटी खाएमा शरीरमा कोलस्टोरको मात्रा बढाउँछ ।

कोलस्टोर बढेमा उच्च रक्तचाप र मुटुको समस्या हुन्छ । साथै चिल्ला सेलरोटीपछि भात खाएमा पनि स्वास्थ्यमा समस्या हुने वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रेमराज वैद्य बताउँछन्।

‘चार वटा सेलले एक पटक खाना खाने जति शक्ति दिन्छ त्यसैले सेल खाएपछि भात खानु स्वास्थ्यका लागि हानिकारक छ,’ उनले भने।

एकपटक प्रयोग गरेको तेल अर्कोपटक प्रयोग गर्न नहुने डाक्टर वैद्यको सुझाव छ। सेलरोटी खाएसँगै फलफूल र हरियो सागसब्जीको प्रयोग पनि बढाउनु पर्ने उनको सुझाव छ ।

सेल खाएको बेलामा फलफूलको प्रयोग बढी गरेमा त्यसले कोलस्टोर बढ्न नदिने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News