क्यालिफोर्नियामा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु



एजेन्सी, पौष १४
क्यालिफोर्नियामा एउटा सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एउटा व्यावसायिक जेट विमान क्यालिफोर्नियाको सान डिएगोनजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा कोही पनि जीवित नभेटिएको उद्दारकर्ताहरुले बताएका छन् । तर, विमानमा कति जना यात्रु थिए भन्ने बारेमा प्रष्ट खुलेको छैन् । दुर्घटनापछि विमानमा आगो लागेको थियो । अग्नि नियन्त्रकहरुले जलेका चार ओटा शव फेला पारेका छन् ।

विमान दुर्घटनामा नजिकैको एउटा घरमा सामान्य क्षति भएको छ । सान डिएगोबाट १५ माइल टाढा भएको सो दुर्घटनाबारे अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) ले अनुसन्धान गरिरहेको केन्द्रीय उड्यन प्रशासनले जनाएको छ ।

सान्ता एनाको जोन वायन विमानस्थलबाट उडेको लियरजेट ३५ विमान इल क्याजोनको जिलेस्पी फिल्ड विमानस्थलतर्फ उडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News