विश्वविद्यालयमा जिन्स लगाउन प्रतिबन्ध



पञ्जाब, पौष १५
पाकिस्तानको पञ्जाब प्रान्तस्थित एक विश्वविद्यालयले जिन्स लगाउन प्रतिबन्ध गरेको छ। विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीमाथि विश्वविद्यालयले जिन्स लगाउन प्रतिबन्ध गरेको हो। सो प्रतिबन्ध पञ्जाबस्थित युनिभर्सिटी अफ एग्रिकल्चरल फैसलावादले लगाएको हो।

पाकिस्तानको संघीय शिक्षा निर्देशनालयले जिन्स लगाउनमा प्रतिबन्ध गर्न निर्देशन दिएको एक महिनापछि पञ्जाबको विश्वविद्यालयले सो नियम लागू गरेको हो। शिक्षा निर्देशनालयले जिन्समाथि प्रतिबन्ध लगाएसँगै विद्यार्थीहरुमा नयाँ पोसाक अनिवार्य गराएको डेली पाकिस्तान अखबारले जनाएको छ।

सो अखबारका अनुसार नयाँ नियमअन्तर्गत विश्वविद्यालयमा अध्ययन गर्न आउने छात्रले सर्ट, टाइट र ग्रन्जेच जिन्स, धेरै गोजी भएको पाइन्ट र प्रिन्टेट टिसर्ट लगाउन पाउने छैनन। त्यस्तै छात्राहरुले भने जिन्स, टिसर्ट र सर्ट, पारदर्शी कपडा, चप्पल, फेसनेवल कपडा, झुम्का लगाउन अनुमति नदिएको अर्थात् छात्रहरुलाई आकर्षण गर्ने खालको पहिरन नगर्न विश्वविद्यालयले निर्देशन दिएको बताइएको छ।

नयाँ नियमअनुसार छात्र र छात्रा, विश्वविद्यालयमा अध्यापन गराउने टिचरहरुले समेत सामान्यखाले कपडा लगाउन निर्देशन दिएको सो अखबारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News