Deshko News
११ आश्विन २०८०, बिहिबार

बाल्यकालको सम्झनामा कोरेको नक्साले गरायो ३० वर्षपछि आमासँग भेट



युनान, पौष १९
एक चिनियाँ नागरिकले आफूले बाल्यकालको सम्झनामा कोरेको नक्साले ३० वर्षपछि आमासँग भेट गराएको छ । आफु बेचिएको ३० वर्षपछि ति पुरुषले बनाएको गाउँको नक्साको आधारमा आफ्नी आमासँग भेट भएको हो।

चीनको युनान प्रान्तका लि जिङ्वेई सन् १९८९ मा हराएका थिए । युनानको दक्षिण पश्चिम सहरबाट ४ वर्षको उमेरमा हराएका उनलाई बालबालिका तस्करहरुले करिब १८ सय किलोमिटर टाढाको सहरमा बसोबास गर्दै आएका निसन्तान दम्पतीलाई बेचेका थिए ।

आफ्नो बाल्यकालको सम्झनामा हातले कोरेको गाउँको नक्सा उनले २४ डिसेम्बरमा एक भिडियो एपमा अपलोड गरेका थिए । सो भिडियोमार्फत लिले भनेका छन्, ‘३३ वर्षसम्मको पर्खाइ, नसुतेका अनगिन्ती रात र बाल्यकालको यादमा हातले कोरेको नक्सा । म आफ्नो घर र आफ्नी आमालाई खोजिरहेको बालक हुँ ।’

आफ्नो छोरा हराएकी आमाको बयानको आधारमा र सो भिडियोमा देखिएको गाउँको प्रहरीले खोजी गरेको थियो । हाल दक्षिण चीनको ग्वाङदोङ सहरमा बसोबास गरिरहेका लिको डीएनएन संरक्षण दिइरहेका अभिभावकसँग नमिलेपछि उनले इन्टरनेटको सहायता लिएका थिए ।

इन्टरनेट र प्रहरीको सहयोगमा लि र उनकी आमाको डीएनए परीक्षण गरिएको थियो । दुवैको डीएनए मिलेपछि आमा-छोराबीच ३० वर्षपछि शनिबार युनान प्रान्तमा भेट भएको समाचार बीबीसीमा छ। छोराको बढी महत्व मानिने चिनियाँ समाजमा बालक हराउनु नयाँ विषय मानिदैन ।

चीनमा सानो उमेरमा बालबालिका बढी हराउने गरेको पाइन्छ । सन् २०१५ को एक आँकडाअनुसार हरेक वर्ष करिब २० हजार बालबालिका हराउने गर्छन्। जसमा अधिकांश बालकहरु पर्ने गर्छन् ।

प्रकाशित मिति: १९ पुस २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News