भोजपुरे होटल एण्ड लजमा गाेली चल्याे


 


इटहरी, कार्तिक १६

सुनसरीको तरहरा स्थित भोजपुरे होटल एण्ड लजमा मंगलबार बिहान गोली चल्दा दुईजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार बिहान ८ बजेतिर चलेको हो ।

केही दिनदेखि होटलमा पाहुना वसेका धनकुटाका द्रोणबहादुर पौडेल र होटल सञ्चाल जंगबहादुर राईलाई संखुवासभा खाँदबारी–२ का रविन्द्र थापाले गोली हानेका प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

गोली लागी घाइते भएका दुवै जनाको धरानस्थित बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । गोली हान्ने थापाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । के कारणले गोली चलेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्