अब दमकमा पनि सर्प संग्रहालय



sarpaझापा ,कार्तिक १६

नेपाल रेडक्रस सोसाइटीले झापाको दमकमा सर्प संग्रहालय स्थापना गरेको छ ।

सर्पको विषयमा अध्ययन गर्न चाहनेलाई सघाउन रेडक्रसले यो संग्रहालय बनाएको हो । सर्पदंशका विरामीको उपचारसँगै संग्रहालय पनि स्थापना गरिएको दमक रेडक्रसले जनाएको छ । स्कूल तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीले संग्रहालयमा अध्ययन गर्दछन् ।

संग्रहालयमा एक दर्जन प्रजातिका सर्प राखिएका छन् । झापामा पाइने विभिन्न प्रजातिका सर्पमध्ये गोमन र करेत बढी विषालु छन् । ती सर्पले डसेको जतिसक्दो छिटो उपचारको पहुँचमा पुग्न नसके बिरामीको मृत्यु निश्चित छ ।

उष्ण मनसुनी हावापानीमा रमाउने सर्पको जोखिम तराईमा उच्च छ । विज्ञहरुका अनुसार नेपालमा करीब तीन सय ७५ प्रजातिका सर्प पाइन्छन् । तीमध्ये २२ प्रजातिका सर्प विषालु छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News