उद्योग व्यवसाय महासंघको जिल्ला भेला सम्पन्न


 


भोजपुर, पुस २३
देशको विकास र समृद्धिमा व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मुख्यमन्त्री शेरधन राईले बताउनु भएको छ ।

विहिवार भोजपुर सदरमुकामा भएको नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै राईले यस्तो बताउनु भएको हो । नेता राईले व्यवसायीहरुले जिल्लामा नमूना योग्य काम गर्नु पर्नुे बताउनुभयो ।

नेता राईले भन्नुभयो, ‘देश अहिले एमालेले लिएको नीतिको पेरीफेरीमा घुमिरहेको छ । तपाई एमालेको विचारसंग आवद्ध व्यवसायीहरुले देशको विकाससँगै पार्टीको हितमा निकै ठुलो योगदान प¥याउनु भएको छ । यहाँ हामी मिलेर एउटा नमूनायोग्य काम गर्न आवश्यक छ ।’

एमाले प्रदेश कमिटी सदस्य तथा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका स्थायी कमिटी सदस्य एवम् भोजपुर इन्चार्ज राजन कुमार श्रेष्ठले सबै व्यवसायी एक भएर यहाँको उद्योग व्यवसायको विकासमा जुट्नु पर्ने बताउनुभयो । इन्चार्ज श्रेष्ठले भन्नुभयो,‘ हामीले देशको विकासमा ठुलो योगदान गर्न सक्छौँ र त्योे गरिरहेका पनि छौँ ।

अब हामीले यहाँ कार्यसमिति निर्माण गरेर देशसँगै उद्योग व्यवसायीहरुको हितमा एकजुट भएर काम गर्न आवश्यक छ ।’ हामी सबै श्रमजीवी व्यवसायी स्वाबलम्बन भएको खण्डमा समृद्ध नेपाल, सुखी नेपालको सपना साकार हुने श्रेष्ठको भनाइ छ ।

भेलालार्ई महासंघका केन्द्रिय सदस्य एवम् भोजपुर सह इन्चार्ज रामचन्द्र श्रेष्ठले समेत सम्बोधन गर्नुभएको थियो ।

विहिवार भएको प्रथम जिल्ला भेलाले नविन प्रधानको अध्यक्षतामा ३१ सदस्यीय तर्दथ नयाँ कार्य समिति चयन गरेको छ । कार्यसमिति उपाध्यक्षमा विन्द्र कुमार राई र गोपाल ताम्राकार, सचिवमा बिमल रणपहेली, कोषाध्यक्ष निर्मला शेर्पा, उपसचिवमा रबिन थापा, अर्जुन बर्देवा र कृष्णकला बिक र सह कोषाध्यक्षमा इश्वर श्रेष्ठ रहनुभएको छ ।

प्रकाशित मिति: २३ पुस २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्