आज माघ ३ गते सोमबारको राशिफल


 


मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्रा हुने तथा मान सम्मान मिल्नेछ । धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ, तर स्वास्थ्य प्रति भने सतर्कता अपनाउनु पर्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । नयाँ कमको थालनी समेत हुने देखिन्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । धर्म, विश्वास, आस्था र सद्भाव पनि बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज जोशजाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता पनि लिनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज गरेका काममा ढिलासुस्ती हुनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ, तर आर्थिक कारोबारमा सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभ समाचार सुन्न पाइने र शुभ कार्यको चर्चा चल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । पुँजी बजारको सहयोग पनि पाइनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्रा प्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज रोकिएका वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज भाग्यले विभिन्न अवसर जुराउने र मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । मित्रसँग भेटघाट हुनेछ र घुमफिरमा आकर्षण बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रकाशित मिति: ३ माघ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्