चिडियाखानाको सिंहमा कोरोना देखियो, फेरि नयाँ भेरियन्टको जोखिम


 


एजेन्सी, माघ ६
दक्षिण अफ्रिकाको एउटा चिडियाखानामा सिंहमा कोरोना संक्रमण देखिएपछि विज्ञले नयाँ भेरियन्टको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

उक्त सिंहलाई रेखदेख गर्ने कर्मचारीबाट कोरोना सरेको हुनसक्ने अध्ययनले देखाएको छ । प्रीटोरिया विश्वविद्यालयका वैज्ञानिकको अध्ययनले कर्मचारीबाट सिंहमा कोरोना सरेको औंल्याएका हुन् ।

भाइरस जनावरमा फैलिएर पुनः मानिसमा सरेमा नयाँ फेरिअन्टको उत्पत्ती हुनसक्ने खतारा देखाउँदै वैज्ञानिकले सचेत हुन अनुरोध गरेका छन् । कोरोना देखिएको उक्त सिंहमा मानिसमा जस्तै लक्षण देखिएको बीबीसीले उल्लेख गरेको छ ।

सिंहलाई श्वास फेर्न गाह्रो भएको, नाकबाट सिँगान बगेको र सुक्खा खोकी लागेको समाचारमा उल्लेख छ । त्यहाँ कार्यरत कर्मचारीमा कोरोना पुष्टि भए पनि लक्षण भने देखिएको छैन ।

जनावरमा कोरोना देखिएपछि वैज्ञानिकले जनावरको रेखदेख गर्दा पनि मास्क लगाउन सुझाव दिएका छन् । सिंहलाई संक्रमण देखिएको चिडियाखानामा अर्को एक प्युमामासमेत कोरोना सरेको पाइएको छ । यसले जनावरबाट नयाँ भेरियन्त उत्पत्ती हुने भन्दै वैज्ञानिक चिन्तित बनेका हुन् ।

प्रकाशित मिति: ६ माघ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्