जर्मनीको लेक्चर हलमा अन्धाधुन्ध गोली प्रहार, बन्दुकधारीको मृत्यु



बर्लिन, माघ ११
जर्मनीको दक्षिणपश्चिमी शहर हाइडेलबर्गको लेक्चर हलमा बन्दुकधारीले गोली चलाउँदा धेरै व्यक्तिहरू घाइते भएको जनाइएको छ ।

प्रहरीले आक्रमणकारी मारिएको पनि जानकारी दिएको स्पुतनिकले सोमबार उल्लेख गरेको छ।

जर्मनीको म्यानहेम प्रहरीले एउटा लेक्चर हलमा बन्दुक बोकेका एक एक्लो आक्रमणकारीले धेरैलाई घाइते बनाएको बताएको छ।

प्रहरीले बन्दुकधारी हमलाको क्रममा हाइडेलबर्गमा अपरेसन गरेको जानकारी दिएको र घटनामा धेरै व्यक्ति घाइते भएको स्पुतनिकले जनाएको छ।

एक आक्रमणकारीले एक व्याख्यान हलमा बन्दुक प्रयोग गरेर धेरै मानिसहरूलाई घाइते बनाएको छ। ऊ मारिएको छ, प्रहरीले ट्वीट गरेको छ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News