Deshko News
८ आश्विन २०८०, सोमबार

दक्षिणी अफ्रिकामा उष्ण कटिबन्धीय आँधी आनाबाट ७० जनाको मृत्यु



एजेन्सी, माघ १४
दक्षिणी अफ्रिकी तीन मुलुकमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बिहीबार ७० पुगेको छ । मुसलधारे वर्षाले गर्दा उष्ण कटिबन्धीय आँधी आना सोमबार मोजाम्बिक र मलावीमा अवतरण हुनु पहिले मदागास्करमा आएको थियो ।

तीन देशका उद्धारकर्मी तथा अधिकारीहरूले अझै पनि क्षतिको पूर्ण मूल्यांकन गर्न कठिनाइ भइरहेको बताएका छन् ।

यो आँधीका कारण मदागास्करले ४१ जनाको मृत्यु भएको जनाएको छ भने १८ जनाको मोजाम्बिक नागरिक रहेका छन् । त्यस्तै आँधीका कारण मलावीमा ११ जनाको मृत्यु भएको छ ।​जिम्बाबेमा आएको आँधीका प्रभाव बिस्तारै हट्दै गएका छन् । त्यहाँ कोही मृत्यु भएको खबर आएको छैन ।

प्रकाशित मिति: १४ माघ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News