नेपाल बैंक र पोखरा विश्वविद्यालय बीच सम्झौता


 


काठमाडौं, फागुन २०
नेपाल बैंक र पोखरा विश्वविद्यालय बीच मिति २०७८ फाल्गुण १९ गते भएको सम्झौता बमोजिम यस बैंकले पोखरा विश्वविद्यालयमा कार्यरत कर्मचारी एबम् विद्यार्थिहरुलाई आधुनिक एबम् सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ ।

जस अन्तर्गत बिश्वबिद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक/शिक्षक/कर्मचारीहरु सम्पूर्णको तलबी खाताहरुमा बैकले बचत निक्षेपहरुको उच्चतम ब्याजदर प्रदान गरी VISA Debit (ATM) Card निःशुल्क उपलब्ध गराइने छ ।

Mobile Banking / Internet Banking र रजिष्ट्रेशन निःशुल्क उपलब्ध गराउने, बैंकको लकर भाडामा २५% छुट प्रदान गरिने, जुनसुकै प्रकारको कर्जा लिदा सेवा शुल्कमा २५% छुट प्रदान गरिने, D-MAT/ C-ASBA/ Mero Share Registration सुविधा निःशुल्क उपलब्ध गराइने, कर्मचारीहरुलाई Credit Card को सुबिधा प्रदान गर्ने लगायत बैंकको कुनै एक शाखामा रहेको खाताबाट नेपाल बैंक लिमिटेडकै अन्य कुनै पनि खातामा जतिसुकै रकम ट्रान्सफर गर्न चाहेमा विना कुनै शुल्क (Free ABB) तत्कालै ट्रान्सफर गरिने भएको छ ।

बिश्वबिद्यालयको आबश्यकता अनुसार बिश्बबिद्यालय परिसरमा ATM Machine/Bank Counter/ Bank Branch स्थापना गरि बैंकले सेवा प्रदान गर्ने लगायत विविध बैकिङ्ग सेवा एबम् सुविधाहरु उपलब्ध गराउने सम्वन्धमा पोखराको लेकसाईडमा भएको उक्त सम्झौता पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट राजिष्टार डा.दीपकबहादुर भण्डारी र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले हस्ताक्षर गर्नुभएको थियो ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अधिकारीले नेपालको पहिलो बै‍क र विश्वविद्यालय बिचको सम्झौताले दुवैलाई उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्यालले नेपाल बैंक लिमिटेड पहिलो र भरपर्दो भएकाले हस्ताक्षर गरिएको बताउदै विश्वविद्यालय र र्वैकलाई अझ व्यवसायिक उचाईमा कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा आफूहरुको जोड रहने उल्लेख गर्नुभयो ।

बैंकका गण्डकी प्रदेश कार्यालय प्रमुख प्रतिमा श्रेष्ठले सम्झौतालाई ऐतिहासिक रुपमा लिएको बताउँदै आर्थिक कारोवारको रुपमा नेपाल बैंकलाई छनोट गरेको भन्दै विश्वविद्यालयलाई धन्यवाद दिनुभयो ।

उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयको उपकुलपति प्रेमनारायण अर्याल, नेपाल राष्ट्र बैंक पोखराका प्रमुख डा. रामशरण खरेल, बैंकका बजारिकरण तथा अनुसन्धान डिभिजनका प्रबन्धक कृष्णहरी बुढाथोकी, विश्वविद्यालयका पदाधिकारीहरु, बैंकका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

नेपाल राज्यभर २१३ शाखाहरु, १४७ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब द्दण् लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ।

विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

दक्ष व्यवस्थापन, यूवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक यस नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । नेपाल बैंकले डिजिटल कारोवारलाई जोड दिएसंगै यस बैंकका डिजिटल सुविधाहरु प्रयोग गरी कारोवार गर्ने ग्राहकहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्