नेपाल बैंकले संचालनमा ल्यायो “समृद्व नारी रिकरिंग निक्षेप खाता” यस्ता छन् आकर्षक विशेषता


 


काठमाडौं, फागुन २३
नेपाल बैंक लिमिटेडले अन्तराष्ट्रिय नारी दिवस, २०२२ का अवसरमा महिला वर्गलाई लक्षित गरी विभिन्न बैंकिङ तथा ईन्स्योरेन्स सुुविधा सहितको नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ ।

मासिक न्युनतम रु २५ हजार सोहि गुणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निशूल्क लकर सूविधा लगाएत थूप्रै बैंकिङ सुविधाहरु रहेको छ ।

१० लाख बराबरको दुर्घटना बिमा सूविधा समेत रहेको उक्त खाता बचत प्रकृतिको भएता पनि उक्त खातामा मूद्दती निक्षेप सरहको उच्चतम ब्याजदर रहेको छ ।

नेपालभर २१३ शाखाहरु, १४८ एटिएमका साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको बैंकले जनाएकाे छ ।

विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत देशैभर बैंकिङ सेवा प्रदान गरिरहेको छ।

दक्ष व्यवस्थापन, यूवा जनशक्ति र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको नेपाल बैंकको दाबी छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्