Deshko News
१३ आश्विन २०८०, शनिबार

माछापुच्छ्रे बैंकद्वारा आगलागी पिडितलाई सहयोग



काठमाडौं, चैत्र २
माछापुच्छ्रे बैंक लि.को माहुली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यही फाल्गुण २८ गते जिल्ला सप्तरी अग्नीसाईर कृष्णासवरन गा.पा.वडा नं.४ टोल टेगंरीमा लागेको आगलागीबाट सबै जलेर नष्ट भएको ११ घर परिवारलाई खाद्मान्न तथा भाडाँकुडा सहयोग गरेको छ ।

उक्त राहत वितरण कार्यक्रममा कृष्णासवरन गा.पा.वडा नं.४ का अध्यक्ष तेज नारायण यादव र बैंकको प्रदेश नं. २ को प्रदेश उप प्रमुख बिनेश ठाकुरको पनि उपस्थितिमा रहेको थियो ।

माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।

बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति: ६ चैत्र २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News