मध्यबिन्दु चोरमारामा नेपाल बैंकको नयाँ शाखा स्थापना


 


काठमाडौं, चैत्र १२
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित मध्यविन्दु नगरपालिका वडा नंं ७ चोरमारा बजारमा नेपाल बैंक लिमिटेडको २१३ औं शाखाको रुपमा चोरमारा शाखा (३१८) को औपचारिक उद्घाटन भएको छ । मिति शुक्रवारका नेपाल सरकारका अर्थ सचिव एवं नेपाल बैंक संचालक समितिका पूर्व अध्यक्ष मधुकुमार मरासिनी तथा मध्यबिन्दु नगरपालिका का नगरप्रमुख चन्द्रबहादुर रानाद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको थियो ।

उद्घाटन कार्यक्रममा नेपाल सरकारका अर्थ सचिव एवं नेपाल बैंक संचालक समितिका पूर्व अध्यक्ष मधुकुमार मरासिनी तथा बिशेष अतिथिहरु मध्यबिन्दु नगरपालिका का नगरप्रमुख चन्द्रबहादुर राना र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा अन्य विशिष्ठ अतिथिहरु मध्यविन्दु नगरपालिकाका नगर उप–प्रमुख ओमकुमारी महतो, निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ बराल, नेपाल बैंक लिमिटेड गण्डकी प्रादेशिक कार्यालय प्रमुख प्रतिमा श्रेष्ठ, मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनाल, आन्तरिक राजस्व कार्यालयका प्रमुख टेकबहादुर अर्याल साथै अतिथीको रुपमा मध्यविन्दु नगरपालिकाको वडा नं. ७, ८, १५ का वडाअध्यक्षहरु, स्थानिय बिद्यालयका प्रधानाध्यापकहरु बैंक तथा वित्तीय संस्थाका शाखा प्रबन्धकहरु, एवं समाजसेवी, बुद्धिजिवीहरुको उत्साहजनक उपस्थिति थियो ।

उक्त शाखाका शाखा प्रबन्धक हिमाल गिरीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी अर्थ सचिव मरासिनीले यस क्षेत्रमा नेपाल बैंक लिमिटेडको शाखा स्थापना हुनु स्थानीय स्तरमा आर्थिक बिकासको ढोका खुल्नु भएकाले यस शाखाले स्थानिय जनताहरुबीच वित्तीय साक्षरता र वित्तीय पहुँचको वृद्धि गर्ने साथै जनताहरुले पनि बैंकबाट आफु अनुकुलको वित्तीय सेवा लिनुपर्ने र यसरी सरकारी बैंक तथा वित्तीय संस्था खुल्नु मध्यविन्दु नगरपालिका बासीलाई अवसर भएको बताउनुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख चन्द्रबहादुर रानाले सरकारी कारोवारका लागि जिल्ला सदरमुकाम कावासोती जानुपर्ने बाध्यता हट्दै यही नगरपालिका भित्र सरकारी बैंकको रुपमा नेपाल बैंक लिमिटेड स्थापना हुनु नगरबासीका लागि खुशीको कुरा भएको बताउनु भयो ।

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृण्णबहादुर अधिकारीले नेपाल बैंक लिमिटेड पूर्वमेची देखि पश्चिम महाकाली सम्म पुगी २१३ शाखा विस्तार गरेको छ र आगामी दिनमा ७७ वटै जिल्लामा पुगेर आधुनिक बैकिङ्ग सेवा विस्तार गर्ने बताउनुभयो । साथै मध्यविन्दु नगरपालिका भित्र आर्थिक विकासको सम्भावना भएको हँुदा यस क्षेत्रका बासिन्दाका लागि नेपाल बैकको स्थापना हुनु अवसर भएको बताउनु भयो ।

नेपाल बैंक लिमिटेडका हालसम्म देशभर २१३ शाखाहरु, १४७ एटिएम, ४९ वटा एक्टेन्सन काउन्टरका साथै बिभिन्न डिजिटल माध्यमहरु मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधि मार्फत वित्तीय सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।

विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक यस नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

प्रकाशित मिति: १२ चैत्र २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्