Deshko News
८ आश्विन २०८०, सोमबार

दुई दिने भारत बन्द आह्वान



एजेन्सी, चैत्र १४
भारतमा आज र भोलि बन्द आह्वान गरिएको छ । केन्द्रीय सरकारको नीतिको विरोधमा केन्द्रीय ट्रेड युनियनको एउटा संयुक्त फोरमले बन्द आयोजना गरेको हो । बन्दलाई अखिल भारतीय बैंक कर्मचारी संघले समर्थन गरेको छ ।

मजदुर, किसान र सर्वसाधारणलाई असर गर्ने सरकारी नीतिहरूको विरोध गर्न केन्द्रीय ट्रेड युनियनहरूको संयुक्त फोरमले देशव्यापी हड्ताल आह्वान गरेको हो । बन्दमा सडक, ट्रान्सपोर्ट, बैंकिङ, रेलवे, विद्युत क्षेत्रमा काम गर्ने मजदुरले पनि साथ दिएको बताइएको छ ।

सार्वजनिक क्षेत्रका बैंकहरूलाई निजीकरण गर्ने सरकारको योजना र बैंकिङ कानून संशोधन विधेयक २०२१ को विरोधमा उत्रिएका बैकिङ युनियनहरु पनि हड्तालमा सहभागी छन् । भारतीय स्टेट बैंकलगायत धेरै बैंकहरूले सोमबार र मंगलबार बैंकिङ सेवाहरू प्रभावित हुनसक्ने ग्राहकहरूलाई जानकारी गराउँदै विज्ञप्ति जारी गरेका छन् ।

बैंकबाहेक हडतालमा स्टिल, तेल, दूरसञ्चार, कोइला, हुलाक, आयकर, तामा, बीमालगायतका अन्य क्षेत्रका श्रमिक सहभागी हुने अनुमान गरिएको छ । बन्दमा २० करोड मजदुरको एक्यबद्धता छ । रेलवे र रक्षा क्षेत्रका युनियनहरूले सयाैँ स्थानहरूमा हडतालको समर्थनमा ठूलो ह्याली निकाल्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: १४ चैत्र २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News