इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव, ३ अप्रिलमा मतदान हुने



इस्लामाबाद, चैत्र १६
पाकिस्तानी प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा अप्रिल ३ मा मतदान हुने भएको छ । आन्तरिक मन्त्री शेख रसिदले मंगलबार सो जानाकारी दिएका हुन् ।

राष्ट्रियसभाको बैठकमा सोमबार खानविरुद्ध विपक्षी दलले अविश्वासको प्रस्ताव पेस गरेपछिको पछिल्लो राजनीतिक अवस्थाबारे राजधानी इस्लामबादामा सञ्चारकर्मीसँग कुरा गर्दै रसिदले यस्तो जानाकारी दिएका हुन् ।

३१ मार्चमा अविश्वासको प्रस्तावमा बहस हुने र ३ अप्रिलमा मतदान हुने उनले बताए । प्रधानमन्त्रीविरुद्धको प्रस्ताव बिफल हुने उनले बताए ।

प्रधानमन्त्री खानविरुद्धको अविस्वासको प्रस्तावलाई लिएर पाकिस्तानमा राजनीतिक संकट चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News