नेपाल बैंकले गण्डकी प्रदेशमा भव्य रुपमा सम्पन्न गर्यो “ग्लोबल मनि विक”


 


काठमाडौं, चैत १६
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले गण्डकी प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरी “ग्लोबल मनि विक” भब्य रुपमा सम्पन्न गरेको छ ।

गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहँुच पुर्याउने र यस प्रदेशका हरेका वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तिकरण गर्ने उद्देश्यले सो कार्यक्रम संचालन गरेको बैंकले जनाएको छ ।

ग्लोबल मनि विक २०२२ को थिम “बिल्ड योर फ्युचर, वि स्मार्ट अवाउट मनि” र ग्लोबल मनि विक को स्थायी नारा “लर्न सेभ अर्न” लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले गण्डकी प्रदेशमा अभियानकै रुपमा वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।

फागुन ७ देखि १३ गते सम्म चामे मनाङ्ग, गोरखाको जौबारी, कास्की पोखराको पृथ्वीचोक, अमरसिङ् ,बगर र हेम्जा साथै बाग्लुङ्ग जिल्लाको बुर्तिवाङ् गरि ७ स्थानमा यस बैंकका शाखाहरुले विद्यार्थी, महिला, किसान, उद्यमी लगायत समाजका विभिन्न बर्गका व्यक्तिहरु लाभान्वित हुने गरि वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेका छन् ।

बैंकले गण्डकी प्रदेशमा यस आर्थिक बर्षको शुरु देखि हालसम्म २० वटा वित्तीय साक्षरताका कार्यक्रमहरु संचालन गरेको र उक्त कार्यक्रमहरुबाट करिब १५०० व्यक्तिहरु लाभान्वित भएको बैंकले जनाएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्