अलबिदा पृथीमान सर !


 


prithiman-rai-2काठमाडाैं, कार्तिक १८

गत कार्तिक १२ गते सडक दुर्घटनामा परी मृत्यु भएका भाेजपुरकाे रानिवास गाविसस्थित सगरमाथा उच्च माविका सह-प्रधानाध्यापक पृथीमान रार्इकाे अाज अन्तिम संस्कार गरिएकाे छ । रार्इकाे शवयात्रमा हजाराैंकाे उपस्थिति थियाे । रार्इकाे अन्तिम बिदार्इका लागि भाेजपुरकाे दक्षिणी क्षेत्रका स्थानीयकाे बाक्लाे उपस्थिति थियाे ।

धरानस्थित विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सुरू भएकाे शवयात्रा विष्णुपादुकासम्म पुगेकाे थियाे । उनकाे अन्तिम विदार्इकाे लागि उनका सहकर्मी तथा पूर्व विद्यार्थीहरूकाे भीड लागेकाे थियाे ।

२०२४ सालमा हाेम्ताङ गाविस ८ मा जन्मिएका रार्इ यस क्षेत्रका सबैका प्रिय थिए । उनलार्इ सबैले असल मानिसकाे रूपमा लिने गरेका छन् भने उनका सहकर्मी र विद्यार्थीहरू असल साथी, गुरू गुमाएकाेमा विक्षिप्त बनेका छन् ।

prithiman-rai-1उनकाे मृत्युले जिल्लाकाे दक्षिणी क्षेत्र पुरै शाेकमा डुबेकाे छ । मुख्य बिषय भूगाेल भए पनि रार्इले अंग्रेजी, गणित लगायतका बिषय पढाउँदै अाएका थिए ।

सानै देखी पढार्इमा तिक्ष्ण रार्इ सगरमाथा उच्च मावि घाेरेटारका सानै कक्षादेखी कक्षा टप्दै अाएका थिए । पछि यही स्कुलमा पढाउँदै सह-प्रधानाध्यापक समेत भए ।

रार्इकाे श्रीमती, २ छाेरा र २ छाेरी छन् । गत कार्तिक १२ गते धरानबाट मूलघाट हुँदै भोजपुरको सीमास्थित अखुवाटारतर्फ जाँदै गरेको को१ज २७२२ नम्बरकाे पिकअप ब्रेक फेल भएर सडकबाट करिब ७० मिटर तल खस्दा रार्इकाे मृत्यु भएकाे थियाे ।

प्रकाशित मिति: १८ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्