आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा ३६ घण्टे कर्फ्यू


 


एजेन्सी, चैत्र २०
राष्ट्रिय आपतकाल लागु भएको श्रीलंकामा प्रदर्शन नियन्त्रणमा राख्न कर्फ्यू लागु भएको छ ।

सरकारले आइतबारदेखि ३६ घण्टाको कर्फ्यू लागु गरेको होे ।

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा खाद्यान्न तथा इन्धनसहितका अत्यावश्यक सामग्रीको अभाव भएको छ ।

यसले गर्दा प्रदर्शन हुँदै आएको छ । ती प्रदर्शनलाई नियन्त्रणमा राख्न सरकारले कर्फ्यू लागु गरेको हो ।

गएको बिहीबार प्रदर्शनकारीले राष्ट्रपतिको निजी निवास क्षेत्रमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो ।

प्रकाशित मिति: २० चैत्र २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्