भोजपुरमा बिरामीको चाप बढ्यो



bhojpur-hospitalभोजपुर, कार्तिक १९

दसैँ तिहार सकिएलगत्तै भोजपुरमा बिरामीको चाप ह्वात्तै बढेको पाइएको छ । नेपालीको महान् चाड दसैँ र तिहारमा खानेकुरामा चिल्लोपदार्थ बढी भएपछि ग्यास्ट्राइटिस, रुघा, निमोनिया, टाइफाइड र ज्वरोका बिरामीको सङ्ख्यामा एक्कासि वृद्धि भएको हो ।

तिहारपछि दैनिक २४ जनाको सङ्ख्यामा बिरामी उपचारका लागि जिल्ला अस्पताल भोजपुरमा आउने गरेको जिल्ला अस्पतालका डाक्टर रमन झाले जानकारी दिए । मौसम परिवर्तन र खानपानको स्तर नमिल्ने भएपछि अस्पतालमा बिरामीको एक्कासि चाप बढेको चिकित्सकहरूल बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News