श्रीलंकामा हट्याे संकटकाल


 


एजेन्सी, चैत्र २३
श्रीलंकामा पाँच दिनअघि लगाइएको संकटकाल हटेको छ । गएराति राष्ट्रपति गोटवाया राजापाक्षेले संकटकाल हटाएको सूचना राजपत्रमा प्रकाशित गरेका हुन् ।

गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा सरकारविरूद्ध लगातार प्रदर्शन हुन थालेपछि राजापाक्षेले गत शुक्रबार संकटकाल घोषणा गरेका थिए ।

श्रीलंकाको संविधानअनुसार संकटकाल घोषणा भएको दुई साताभित्र संसदबाट पारित गर्नुपर्छ। संसदमा राजापाक्षे सरकारको गठबन्धनमा रहेका दलहरूले साथ छोडेपछि उनको सरकार अहिले अल्पमतमा परेको छ।

संसदबाट पारित नहुने भएपछि राजापाक्षेले संकटकाल हटाएका हुन्। संकटकाल घोषणापछि श्रीलंकामा कर्फ्यू पनि लगाइएको थियो। राजापाक्षेको राजीनामा मागिरहेका प्रदर्शनकारीले कर्फ्यू तोड्दै प्रदर्शन गरेका थिए।

प्रकाशित मिति: २३ चैत्र २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्