कम उमेरकी युवतीसँग सम्बन्ध राखेका कारण मन्त्रीको पद चैट


 


एजेन्सी, चैत्र २७
नर्वेका रक्षामन्त्री ओड रोजर एनोक्सेनले निकै कम उमेरकी महिलासँग वर्षौंदेखिको आफ्नो सम्बन्ध रहेको खुलासा भएपछि पदबाट राजीनामा दिएका छन्। ​

एनोक्सेनको राजीनामा स्वीकारेको पुष्टि गर्दै प्रधानमन्त्री जोनास गाहर स्टोरले शनिबार भने, ‘रक्षामन्त्रीको बारेमा जे कुरा बाहिरियो यसपछि यो एउटा आवश्यक निर्णय थियो।’

एनोक्सेनले शनिबार एनटीबीसँग भनेका छन्, ‘मैले धेरै गलत छनोट र निर्णय गरेको छु र मेरो कार्यले अरूको जीवनलाई अझ कठिन बनाएकोमा सधैँ माफी माग्नेछु।’

भिजी दैनिकका अनुसार एनोक्सेनले सन् २००५ मा आफ्नो साथी उच्च माध्यामिक विद्यालयका विद्यार्थी हुँदा प्रेममा परेको खुलेको छ। त्यति बेला ती युवती १८ वर्षकी थिइन् भने एनोक्सेनको उमेर ५० वर्ष पुगिसकेको थियो।

प्रकाशित मिति: २७ चैत्र २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्