लकडाउन उलंघन गरेको भन्दै वेलायती प्रधानमन्त्री र चान्सलरलाई कारबाही


 


एजेन्सी, चैत्र ३०
वेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनलाई कोभिड लकडाउनको समयमा आफ्नै लागि आयोजित बर्थडे पार्टीमा सहभागी भएवापत प्रहरीले आर्थिक जरिबाना तिराउने भएको छ ।

डाउनिंग स्ट्रिट नम्वर १० ले सन् २०२० को १९ जुनमा क्याविनेट रुममा आयोजित घन्टौं लामो सो पार्टीमा सहभागि भएको भन्दै जोहन्सनलाई निश्चित जरिबाना (एफपीएन) दिइने पुष्टि गरेको छ ।

चान्सलर रिसी सुनक पनि यही कारबाहीमा परेका छन् । प्रधानमन्त्रीकी पत्नी क्यारी जोहन्सनले भने सोही घटनालाई लिएर आफूले एफपीएन भुक्तानी गरिसकेको जानकारी गराएकी छन् । निकै विवादास्पद हुन पुगेको उक्त डाउनिंग स्ट्रिट पार्टीमाथि मेट अनुसन्धान गरिएको थियो ।

जोहन्सनको जरिबानाले उनी नियम तोडेवापत कारबाहीमा पर्ने कार्याकालमा रहेका पहिलो प्रधानमन्त्री बन्ने भएका छन् ।

प्रकाशित मिति: ३० चैत्र २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्