भोजपुरमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको हत्या


 


khukuri

भोजपुर, कात्तिक १९

भोजपुरमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार वास्तिम–४ बस्ने २७ वर्षीया सुष्मा बस्नेतको धारिलो खुकुरी प्रहारबाट मृत्यु भएको छ ।

उनलाई विहिबार उनकै ३० वर्षीय श्रीमान  राजकुमार बस्नेतले वास्तिम–८ स्थित एकान्त स्थानको झाडीमा खुकरी प्रहार गरी हत्या गरेको बताइएको छ ।

फरार बस्नेतको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्