आर्थिक संकटका कारण श्रीलंकामा औषधि अभाव



काठमाडौं, वैशाख २
श्रीलंकामा चरम आर्थिक संकटका कारण औषधी अभाव हुन थालेको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार विरामीलाई अत्यावश्यक पर्ने कतिपय औषधीको अभाव हुन थालिसकेकाले तत्काल व्यवस्था गर्न आग्रह गरेको छ ।

मन्त्रालयका अधिकारीहरूले सरकारी अस्पतालहरूमा उपकरणको समेत अभाव भएको बताएका छन् । अत्यावश्यक औषधी तथा उपकरणहरु छिमेकी तथा सहयोगी मुलुकहरुसँग तत्काल माग्नु पर्नेमा पनि उनीहरुले जोड दिएका छन्।

दक्षिण एसियाली मुलुक श्रीलंकामा आर्थिक संकटका कारण केही हप्तादेखि धेरै चिजको अभाव भइरहेको छ भने मूल्य बृद्धि पनि अत्यधिक भएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News