जंगली छेपारो बलात्कार आरोपमा चार जना पक्राउ


 


एजेन्सी, वैशाख ५
भारतको महाराष्ट्र स्थित रत्नगिरी जिल्लाबाट जंगली छेपारो बेङ्गल मनिटर लिजार्डको सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

त्यहाँको स्थानीय प्रहरीका पक्राउ पर्नेहरूमा तुकाराम पवार, मंगेश कामटेकर, अक्षय कामटेकर र रमेश घाग रहेका छन् । इन्डिया टुडेकाअनुसार रत्नागिरीमा अवस्थित स्याद्री टाइगर रिजर्भमा अवैध सिकार गर्न गएका उनीहरूले जंगली छेपारोको सामूहिक बलात्कार गरेका हुन् ।

स्थानीय वन अधिकारीहरूले गत ३१ मार्चमा जंगलका विभिन्न स्थानमा जडित सिसिटिभी क्यामराको निरीक्षण गर्ने क्रममा अभियुक्तहरुलाई अवैध सिकारको आरोपमा पक्राउ गरिएको थियो । त्यसपछि उनीहरुमध्ये एकजनाको मोबाइल भिडियो देखेपछि घटना सार्वजनिक भएको हो ।

आरोपितहरु विरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढेको इन्डिया टुडेले जनाएको छ । बेङ्गल मनिटर लिजार्ड छेपारो प्रजातिको एक स्तनधारी प्राणी हो ।यो प्रजाति भारतीय उपमहादिप, दक्षिण पूर्वी एसिया र पश्चिम एसियाका केही स्थानहरूमा पाइने गर्छ भने भारतमा यसलाई आरक्षित प्राणीको सूचीमा राखिएको छ ।

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्