Deshko News
८ आश्विन २०८०, सोमबार

नाइजेरियाको अवैध तेल प्रशोधन केन्द्रमा विस्फोट हुँदा कम्तीमा एक सय जनाको मृत्यु



एजेन्सी, वैशाख ११
नाइजेरियाको दक्षिणी क्षेत्रमा भएको अवैध तेल प्रशोधन केन्द्रमा विस्फोट भएको छ ।

शुक्रबार भएको विस्फोटमा परेर कम्तीमा एक सय जनाको मृत्यु भएको छ । तेल प्रशोधन केन्द्रमा विस्फोट भएको प्रहरीले पुष्टि गरे पनि हताहतको विवरण भने पूर्ण रुपमा दिएको छैन।

पहिचान नखुल्ने गरी धेरै शवहरू भुइँमा छरपस्ट रहेको र ज्यान जोगाउन भागेकाहरु रुखका हाँगाहरुमा चढेका सञ्चार माध्यमले जनाएको छ।

नाइजेरियाका स्थानीय सञ्चार माध्यमले एक सय जना भन्दा धेरैको मृत्यु भएको जनाएका छन् ।

यो तेल खानी नाइजेरियाका ठूला तेलखानी मध्ये एक रहेको जनाएका छन् ।

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News