छुट्टै गाउँपालिकाको माग राख्दै भाेजपुरका ८ गाविसका स्थानीय आन्दोलित


 


kotgoganeभोजपुर, कार्तिक १९
संयुक्त गाउँपालिका समन्वय समिती इलाका नं ८ र ९ ले छुटै गाउँपालिको माग राख्दै आन्दोलित भएका छन् । शुक्रबार सयौंको सङ्ख्यामा भोजपुर सदरमुकाम आएका सर्वसाधारणले नाराबाजी गर्दै जिविसमा विरोध सभा गरेका हुन् । विरोध सभामा बोल्ने अधिकाशं वक्ताले भौगोलिक कठिनाईलाई महत्वपुर्ण ठानी काम गर्नु जनताको माग देखिएतापनि स्थानिय पुर्नसंरचनाको ढाँचा त्यस्तो नभएको बताएका छन् ।

माग पुरा नभए धर्ना, बन्द हड्ताल, चक्काजाम लगायतका आन्दोलन गर्ने समितिका संयोजक हर्कराज राईले बताए। शुक्रबार लेखर्क, गाेगने, काेट, खावा, छिनामखु, तिम्मा, गुप्तेश्वर र सिद्देश्वरका सर्वसाधारण अान्दाेलित भएका हुन् ।

लेकर्क, गाेगने, काेट र खावाका स्थानीयबासीले गाउँपालिका बनाउँदा गाउँपालिकाकाे केन्द्र सबैलार्इ पाएक पर्ने ठाउँमा हुनुपर्ने माग राख्दै अाएका छन् । त्यस्तै गुप्तेश्वर, सिद्देश्वरका स्थानीयले गुप्तेश्वमा गाउँपालिका बन्नु पर्ने माग राख्दै अाएका हुन् ।

विराेधमा उत्रिएका स्थानीयले हर्कराज रार्इकाे संयाेजकत्तवमा गाउँपालिका समन्वय तथा संघर्ष समिति समेत गठन गरेका छन् । समितिकाे सह संयाेजकमा सूर्य नेपाल र सचिवमा केदार नेपाल रहेका छन् ।

उता तिवारीभन्जाङ्गलाई केन्द्र नबनाएको भन्दै तिवारीभन्जाङ्गका सर्वसाधारणले हिजोदेखी भोजपुर लेगुवामा चक्काजाम गरेका छन् । यसैबिच विविध असन्तुष्टीका बिच आज बसेको स्थानीय पुर्नसंरचना प्राविधिक समितीको बैठक भने बिना निष्कर्ष स्थगित भएको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्