दमकल खरिद गर्ने


 


मोरङ, कार्तिक २०

स्थानीय विकास मन्त्रालयले मोरङको रङ्गेली नगरपालिकालाई दमकल उपलब्ध गराउने भएको छ । स्थानीयवासीको मागअनुसार दमकल खरिदका लागि मन्त्रालयले नगरपालिकालाई रु ६० लाख उपलब्ध गराएको छ ।

आगलागीबाट बर्सेनि यसक्षेत्रमा ठूलो धनजनको क्षति हुँदै आएको छ । आगलागी नियन्त्रणमा सहयोग पुरियाउने उद्देश्यले दमकल खरिद गर्न रकम विनियोजन भएको रङ्गेली नगरपालिकाका कार्यकारी अधिकृत गणेशबहादुर कार्कीले बताए ।

दमकलले नगरपालिका क्षेत्र मात्र नभएर पूर्वी मोरङको १८ वटा गाविसलाई समेत सेवा पु¥याइने जनाइएको छ । रकम आइसकेकाले खरिद प्रक्रिया अगाडि बढाउन लागिएको प्रमुख कार्कीले जनाए ।

प्रकाशित मिति: २० कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्