लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा उक्लियो


 


livarpoolकाठमाडौं, कात्तिक २२

वाट्फोर्डलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ ।

गय राती भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई ६-१ को फराकिलो अन्तरमा हराएको हो ।

खेलमा लिभरपुललाई विजयी गराउन सादियो मानेले दुई गोल गरेभने फिलिप कौटिन्हो, रोबर्टो फर्कीनो, एम्रे च्यान र वहाल्दुमले एक एक गोल गरे ।

गय राती भएको अर्को खेलमा टोटनह्याम हट्सपरसंग १-१ गोलको बराबरी खेलेसंगै आर्सनलले शीर्ष स्थान पुग्ने अवसर गुमाएको छ ।

खेलमा टोटनह्यामका केभिन विमरले आत्मघाती गोल गरेपछि आर्सनलले उपहार पाए पनि ५१ औं मिनेटमा ह्यारी केनले गोल गर्दै खेल बराबरीमा सकाएका हुन् ।

प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले स्वान्सी सिटीलाई ३-१ ले हराएको छ ।

खेलमा म्यानयुलाई विजयी गराउन ज्लातन ईब्राहिमोभिचले दुई तथा पउल पोग्बाले एक गोल गरे ।

राती भएका अन्य खेलहरुमा हल सिटीले साउथह्याम्पटनलाई २-१ ले हराँउदा लेष्टर सिटीलाई वेष्ट ब्रोमले २÷१ ले पाखा लगाएको छ ।

रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ११ खेलबाट २६ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा छ ।

२५ अंकको साथ चेल्सी दोस्रो स्थानमा छ भने म्यान्चेस्टर सिटी र आर्सनलको २४/२४ अंक छ ।

प्रकाशित मिति: २२ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्