भोजपुर सेवा समाज इजरायलको अध्यक्षमा पाख्रिन


 


काठमाडौं, साउन १२
भोजपुर सेवा समाज इजरायलको अध्यक्षमा सुमिन पाख्रिन चयन भएका छन् । समाजको छैटो साधारण सभाबाट पाख्रिनको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

यो गृह जिल्ला भोजपुर भएर हाल इजरायलमा बसोवास गर्दै आइरहेका भोजपुरेहरुको संस्था हो ।

साधारणसभाले वरिष्ठ उपाध्यक्षमा झकिन्द्र खतिवडा, उपाध्यक्ष मछिन्द्र तामाङ, सिता बिष्टलाई चयन गरेको छ भने महासचिव सुनिता गुरुङ र कोषाध्यक्षमा रोजी गोले रहेका छन् ।

समिति सदस्यहरुमा भने क्रमश नमुना दाहाल, जीवन गोले, तेज गोले तामाङ, अन्जु भट्टराई, बिकास पाख्रिन र सरिता लुईटेल छन् । यस्तै साधारण सभाले समाजको संरक्षकहरुमा कृष्ण रायमाझी, बिष्णु पाख्रिन, अनु थापा चयन गरेको छ ।

समाजको प्रमुख सल्लाहकार इन्दिरा अधिकारी र सल्लाहकार सरस्वती राई रहेका छन् । यो संस्था २०१७ मा स्थापना भएको हो ।

जिल्लामा मात्र नभएर समाजका हरेक क्षेत्रमा समस्या पर्दा यो समाजले सहयोग गर्दे आई रहेको नव निर्वाचित अध्यक्ष पाख्रिन जानकारी दिए ।

प्रवासमा रहेका सवै भोजपुरेहरुलाई एकिकृत गरी आफनो गाउँ ठाउँ, संस्कृति, भौगोलिक अवस्थाको पहिचान र विकासका लागि संस्था बनेकाले यसले सवै पक्षसँग सहकार्य र समन्वय गर्दै अगाडि बढेको उनको भनाई छ ।

प्रकाशित मिति: १२ श्रावण २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्