एएफसी सोलिडारीटी कप फुटबलमा आज नेपालले ब्रुनाईसँग खेल्ने



1478568889nepal-tem-2काठमाण्डौ, कार्तिक २३

एएफसी सोलिडारीटी कप फुटबल प्रतियोगितामा आज नेपालले ब्रुनाईसँग खेल्नेछ ।

मलेसियामा जारी प्रतियोगिताको पहिलो खेलमा ईष्ट टिमोरसँग गोलरहित बराबरी खेलेको नेपाल आज जितको खोजीमा रहनेछ ।

तीन टोली सहभागि समुहबाट पहिलो खेल जित्दै बु्रनाई सेमिफाइनलमा पुगिसकेको छ । नेपालले आजको खेल जिते वा बराबरी गरेको खण्डमा अर्को चरणमा ठाउँ बनाउनेछ ।

यसैगरी आजको खेलमा कम्तिमा ३ गोलको अन्तरमा पराजित भएको खण्डमा पनि नेपाल सेमिफाइनलमा पुग्नेछ ।

एसियाली फुटबल महासंघ ए.एफ.सी.ले एशियाका कमजोर फुटबल राष्ट्रहरुको लागि पहिलो पटक सोलीडारीटी कप फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

७ टोली सहभागि प्रतियोगितामा नेपाल, ब्रनाई र ईष्ट टिमोर समुह ए मा छन् भने समुह बी मा श्रीलंका, मकाउ, लाओस र मंगोलिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News