ताइवानले भन्यो – चीनको सैन्य अभ्यासमा सतर्क छौं


 


एजेन्सी, साउन २३
ताइवानले चिनियाँ सैन्य अभ्यासमा कडा निगरानी बढाएको छ । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले समग्र ताइवानलाई घेरेर उसको निकट क्षेत्रमा ठूलो सैन्य अभ्यास गरिरहेको छ ।

ताइवानको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमार्फत आइतबार साँझको सात बजेसम्म आफ्नो नजिकको क्षेत्रमा चिनियाँ जलसेनाकन चार जहाज र ६६ लडाकु विमान देखिएको बताएको छ ।

कुनै पनि परिस्थितिको सामना गर्नको लागि आफ्नो जलसेनाको जहाज, लडाकु विमान र जमिनबाट चल्ने मिसाइल प्रणाली तयार पारेर राखिएको ताइवानले जनाएको छ ।

चीनले ताइवानलाई आफ्नो एक प्रान्त मान्दै आएको छ। यस्तो अवस्थामा अमेरिकी अधिकारीले ताइवान भ्रमण गर्नु आफ्नो सम्प्रभुतामाथिको प्रहार भएको चीनको ठहर छ ।

प्रकाशित मिति: २३ श्रावण २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्