महानायकलाई जन्मदिनको शुभकामना


 


rajesh-hamal

काठमाडौं जेठ २६

नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजेश हमाल आजबाट ५१ बर्षमा प्रवेश गरेका छन् । हुनत, हमालले आफ्नो उमेर केही बर्ष लुकाएका हुन् भन्नेहरु पनि छन् । तर, हमाल जुन ९ अर्थात आजैका दिनबाट ५१ बर्षमा प्रवेश गरेका हुन् ।

नायक हमालले आज त्यस्तो कुनै कार्यक्रम नगर्ने सहयोगी रोशन हमालले जानकारी दिएका छन् । उनका अनुसार, भुकम्पका कारण देश नै पीडामा रहेको समयमा हमालले कुनै कार्यक्रम नगर्ने सोच बनाएका हुन् ।

तर, हमाल सामाजिक कार्यका लागि भने विभिन्न कार्यक्रममा सामेल हुने उनको भनाई छ । चलचित्र ‘युगदेखि युगसम्म’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका राजेशले यसपछि एकछत्र राज गरिरहेका छन् । ३ सय भन्दा बढी चलचित्रमा काम गरिसकेका हमालले गतबर्ष बिहे गरेपछि भने चलचित्र करिअरलाई केही सुस्त बनाएका छन् ।

भुकम्पका कारण पुनः स्थापनामा व्यस्त हुने भएकाले पनि हमालले तत्काल नयाा चलचित्र खेल्ने सोच बनाएका छैनन् । उनी कतारमा आयोजना हुने एक कार्यक्रमका लागि भोली पत्नी मधुको साथमा त्यता जान लागेका छन् ।

onlinekhabar

प्रकाशित मिति: २६ जेष्ठ २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्