Deshko News
११ आश्विन २०८०, बिहिबार

चीनले नेपाललाई विभिन्न शीर्षकमा १५ अर्ब रुपैंयाँ सहयोग गर्ने



काठमाडौं, साउन २६
चीनले नेपाललाई विभिन्न शीर्षकमा १५ अर्ब रुपैंयाँभन्दा बढी सहयोग गर्ने भएको छ ।

साथै बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि चीनले व्यक्त गरेको हो।

चीनका विदेश मन्त्री वाङ यीले नेपालका परराष्ट्र मन्त्री नारायण खड्कासँगको द्विपक्षीय वार्ताको दौरान बुधबार आर्थिक सहयोगका साथै रेलमार्ग निर्माण लगायत अन्य महत्त्वपूर्ण विषयहरुमा सहयोग लिने वाचा गरेका हुन् ।

उनीहरुबीच चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा करिब दुई घन्टा द्विपक्षीय वार्ता चलेको थियो ।

प्रकाशित मिति: २६ श्रावण २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News