आङ सान सुकीलाई भ्रष्टाचार मुद्दामा ६ वर्षको जेल सजाय


 


एजेन्सी, साउन ३१
म्यानमारको एक अदालतले अपदस्थ नेत्री आङ सान सुकीलाई थप ६ वर्षको जेल सजाय सुनाएको छ । भ्रष्टाचारको चार वटा मुद्दामा दोषी ठहर गर्दै अदालतले नेत्री सुकीलाई ६ वर्षको जेल सजाय सुनाएको हो ।

सेनाको विशेष अदालतले कलावाङ वन भूमिसँग जोडिएका तीन वटा भ्रष्टाचारको मुद्दामा सुकीलाई तीन वर्षको सजाय सुनाएको हो ।

यसका साथै एक बिल्डिङ प्लान्टसँग जोडिएको मुद्दामा पनि तीन वर्षको सजाय सुनाएको छ । ७७ वर्षीया नोबेल पुरस्कार विजेता सूचीलाई यसअघि नै ६ वटा मुद्दामा दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय तोकिसकिएको छ ।

म्यान्मारमा सैन्य शासनको कट्टर विरोधीमध्येकी एक सुकीमाथि भ्रष्टाचार तथा चुनावी उल्लङ्घनलगायतका १८ वटा अपराधको आरोप लागेको थियो । सन् २०२१ को फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएर सुकीलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: ३१ श्रावण २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्